"लोकस" छैठौ राष्ट्रिय प्राबिधिक महोत्सब हुँदै

ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस का कम्प्युटर ,इलेक्ट्रोनिक्स् तथा एलेक्ट्रीकल बिभागका बिद्यार्थीहरुको समुह लोकस२००८-०९ ले यही मङ्सिर १२-१४ गते "लोकस" छैठौ राष्ट्रिय प्राबिधिक महोत्सब को आयोजना गर्दैछ ।

गणित को भाषामा लोकस भनाले पथ भन्ने बुझिन्छ ।ईन्जिनियरिङ अध्ययनरत बिद्यार्थी हरुमा अन्तर्निहीत क्षमताको प्रस्फुटन तथा प्रदर्सनी को लागि पथ प्रदर्सक बन्ने विश्वाश का साथ सन २००३ मा यो समुह बनेको हो र लोकस २००८-०९ यसको छैठौ सन्स्करन हो ।

लोकस को मुख्य उद्देश्य भनेको प्राबिधिक बिद्यार्थी हरुलाई स्वस्थ प्रतिस्पर्धाको निम्ती प्लेट्फार्म उप्लब्ध गराउनु ,उनीहरुमा ब्याबसायीक सीप र सामुहिक कार्य तथा नेत्रित्व शक्ती को बिकास गराउनु , त्यसै गरी बिभिन्न रुची र पृष्‍ठभुमी का मानिस हरुलाई सुचना प्रबिधी का नबिनतम आबिस्कारहरुसँग साक्षात्कार गराउनु हो ।

हरेक बर्ष लोकस ले राष्ट्रिय स्तरका बिभिन्न ईन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समेटेर बिबिध प्रतियोगिता,प्रदर्सनी तथा अन्य कार्यक्रमहरुका साथ तीन दिने प्राबिधिक महोत्सब गर्दै आएको छ । यस बर्षको छैठौ सन्स्करनका मुख्य कार्यक्रम हरुमा प्रतियोगितात्मकतर्फ औपचारिक कार्यक्रम जस्तै सफ्टवेर ,हार्डवेर ,इलेक्ट्रिकल बिधाका प्रोजेक्टहरु बीच प्रतिस्पर्धा, कार्यपत्र प्रस्तुती र प्राबिधिक हाजिरिजबाफ प्रतियोगिता रहेका छन भने अनौपचारिक कार्यक्रम जस्तै वेबपेज डिजाईन प्रतियोगिता ,कोडिङ प्रतियोगिता,कम्प्युटर गेमिङ प्रतियोगिता आदी रहेका छन । त्यसै गरी अप्रतियोगितात्मकतर्फ सेमिनार ,कार्यशाला ,अन्तर्कृया ,बिभिन्न ईन्जिनियरिङ प्रबिधी र प्रयोगशालाहरुको प्रदर्शनी , सुचना,प्रबिधी र जलबिद्युत सँग सम्बन्धित बिभिन्न ब्याबसायीक प्रतिस्ठान हरुका स्टलहरु , ईन्जिनियरिङ अध्ययन पस्चातका सम्भाबीत रोजगार दाता कम्पनी हरुका स्टलहरु आदी रहेका छन ।

यस प्राबिधिक महोत्सबलाई डी २ हकाइ नामक सफ्टवेर कम्पनी ले मुख्य प्रायोजन गरेको छ भने ईन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालय ,पुल्चोक क्याम्पस प्रशासन ,पुल्चोक क्यम्पस स्व वि यू ,त्यसैगरी कम्प्युटर तथा एलेक्ट्रोनिक्स् र एलेक्ट्रिकल बिभाग लगायत बिभिन्नसंघ संस्थाले सहयोग गरेका छन .

महोत्सबमा निशुल्क प्रबेश को व्यवस्था गरिएको छ ।



ज्ञानेश्वर बोहरा

संचार सम्योजक

लोकस २००८ -०९

Comments

Popular posts from this blog

Dependency Injection using Spring Framework

Install the Windows Subsystem for Linux

Eclipse Setup for Hadoop Development