लोकस छैठौ राष्ट्रिय प्राबिधिक महोत्सब सम्पन्न
“प्रतिस्पर्धाले नै गुणस्तरको निर्माण गर्दछ” भन्ने मुल नाराका साथ इन्जिनियरिङ् अध्ययन संस्थान पुल्चोक क्याम्पसका कम्प्युटर ,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल विभागका विद्यार्थीहरुको समुह लोकस २००८–०९ को आयोजनामा यहि मङ्सिर १२ गतेदेखि १४ गतेससम्म “लोकस” छैठौ राष्ट्रिय प्राबिधिक महोत्सव सम्पन्न भयो । महोत्सवको उद्घाटन भव्य समारोहका बीच माननीय सुचना तथा संचार मन्त्री शंकर पोखरेलले गर्नु भएको थियो । गणितको भाषामा लोकस भन्नाले पथ भन्ने बुझिन्छ । इन्जिनियरिङ्ख अध्ययनरत विद्यार्थीहरुमा अन्तरनिहीत क्षमताको प्रस्फुटन तथा प्रदशनीको लागि पथ प्रदर्शक बन्ने विश्वासका साथ सन २००३ मा यो समुह बनेको हो र लोकस २००८– ०९ यसको छैठौ संस्करण हो । लोकसको मुख्य उद्देश्य भनेको प्र्राबिधिक विद्यार्थीहरुलाई स्वस्थ्य प्रतिस्पर्धाको निम्ति प्लेट्फर्म उपलब्ध गराउनु , उनीहरुमा व्यावसायिक सीप र सामुहिक कार्य तथा नेतृत्व शक्तीको विकास गराउनु ,त्यसै गरी विभिन्न रुची र पृष्ठभुमिका मानिसहरुलाई सुचना प्रविधीका नविनतम आविस्कारहरुसँग साक्षात्कार गराउनु हो । हरेक वर्ष लोकसले राष्ट्रियस्तरका विभिन्न इन्जिनियरिङ्ख कलेजका विद्या...