Posts

Showing posts from 2009

लोकस छैठौ राष्ट्रिय प्राबिधिक महोत्सब सम्पन्न

“प्रतिस्पर्धाले नै गुणस्तरको निर्माण गर्दछ” भन्ने मुल नाराका साथ इन्जिनियरिङ् अध्ययन संस्थान पुल्चोक क्याम्पसका कम्प्युटर ,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल विभागका विद्यार्थीहरुको समुह लोकस २००८–०९ को आयोजनामा यहि मङ्सिर १२ गतेदेखि १४ गतेससम्म “लोकस” छैठौ राष्ट्रिय प्राबिधिक महोत्सव सम्पन्न भयो । महोत्सवको उद्घाटन भव्य समारोहका बीच माननीय सुचना तथा संचार मन्त्री शंकर पोखरेलले गर्नु भएको थियो । गणितको भाषामा लोकस भन्नाले पथ भन्ने बुझिन्छ । इन्जिनियरिङ्ख अध्ययनरत विद्यार्थीहरुमा अन्तरनिहीत क्षमताको प्रस्फुटन तथा प्रदशनीको लागि पथ प्रदर्शक बन्ने विश्वासका साथ सन २००३ मा यो समुह बनेको हो र लोकस २००८– ०९ यसको छैठौ संस्करण हो । लोकसको मुख्य उद्देश्य भनेको प्र्राबिधिक विद्यार्थीहरुलाई स्वस्थ्य प्रतिस्पर्धाको निम्ति प्लेट्फर्म उपलब्ध गराउनु , उनीहरुमा व्यावसायिक सीप र सामुहिक कार्य तथा नेतृत्व शक्तीको विकास गराउनु ,त्यसै गरी विभिन्न रुची र पृष्ठभुमिका मानिसहरुलाई सुचना प्रविधीका नविनतम आविस्कारहरुसँग साक्षात्कार गराउनु हो । हरेक वर्ष लोकसले राष्ट्रियस्तरका विभिन्न इन्जिनियरिङ्ख कलेजका विद्या

"लोकस" छैठौ राष्ट्रिय प्राबिधिक महोत्सब हुँदै

ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस का कम्प्युटर ,इलेक्ट्रोनिक्स् तथा एलेक्ट्रीकल बिभागका बिद्यार्थीहरुको समुह लोकस२००८-०९ ले यही मङ्सिर १२-१४ गते "लोकस" छैठौ राष्ट्रिय प्राबिधिक महोत्सब को आयोजना गर्दैछ । गणित को भाषामा लोकस भनाले पथ भन्ने बुझिन्छ ।ईन्जिनियरिङ अध्ययनरत बिद्यार्थी हरुमा अन्तर्निहीत क्षमताको प्रस्फुटन तथा प्रदर्सनी को लागि पथ प्रदर्सक बन्ने विश्वाश का साथ सन २००३ मा यो समुह बनेको हो र लोकस २००८-०९ यसको छैठौ सन्स्करन हो । लोकस को मुख्य उद्देश्य भनेको प्राबिधिक बिद्यार्थी हरुलाई स्वस्थ प्रतिस्पर्धाको निम्ती प्लेट्फार्म उप्लब्ध गराउनु ,उनीहरुमा ब्याबसायीक सीप र सामुहिक कार्य तथा नेत्रित्व शक्ती को बिकास गराउनु , त्यसै गरी बिभिन्न रुची र पृष्‍ठभुमी का मानिस हरुलाई सुचना प्रबिधी का नबिनतम आबिस्कारहरुसँग साक्षात्कार गराउनु हो । हरेक बर्ष लोकस ले राष्ट्रिय स्तरका बिभिन्न ईन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समेटेर बिबिध प्रतियोगिता,प्रदर्सनी तथा अन्य कार्यक्रमहरुका साथ तीन दिने प्राबिधिक महोत्सब गर्दै आएको छ । यस बर्षको छैठौ सन्स्करनका मुख्य कार्यक्रम हरुमा प्